Jeremiah 20:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर, हे सर्वशक्तिमान् परमप्रभु, तपाईंले न्‍यायसाथ मानिसहरूको जाँच लिनुहुन्‍छ, तिनीहरूका हृदय र मनमा के छ, त्‍यो तपाईंले जान्‍नुहुन्‍छ। यसकारण तपाईंले मेरा शत्रुहरूको बदला लिनुभएको म हेर्न पाऊँ किनभने मैले आफ्‍नो विषयका कुरा तपाईंकै हातमा सुम्‍पिदिएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे सर्वशक्तिमान्‌ परमप्रभु, जसले धर्मात्‍माहरूको जाँच गर्नुहुन्‍छ, जसले हृदय र मन खोतल्‍नुहुन्‍छ, तपाईंले तिनीहरूलाई बदला लिनुभएको म हेर्न पाऊँ, किनभने मैले मेरो मुद्दा तपाईंलाई नै सुम्‍पिदिएको छु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे सेनाहरूका याहवेह, तपाईं धर्मी जनहरूलाई जाँच्नुहुन्छ; अनि हृदय र अन्तस्करण जान्‍नुहुन्छ, तपाईंले तिनीहरूमाथि लिनुहुने बदला हेर्न पाऊँ; किनकि मैले मेरो मुद्दा तपाईंलाई सुम्पिदिएको छु।
Nepali ERV (पवित्र बाइबल)
हे सेनाहरूका परमप्रभु! तपाईंले के सही जाँच्नु हुन्छ अनि मानिसको इच्छाहरू र हृदयहरूको परीक्षा गर्नुहुन्छ। मैले तिनीहरूको विरोधमा नालिश प्रश्तुत गरेकोछु। तिनीहरूमाथि तपाईंको प्रतिकार हेरौं।