Jeremiah 20:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु आफैंले भन्‍नुभएको छ, ‘म तँलाई तेरो आफ्‍नै निम्‍ति र तेरा मित्रहरूका निम्‍ति डरलाग्‍दो मानिस बनाउनेछु र तेरा आँखाका सामुन्‍नेमा तिनीहरू आफ्‍ना शत्रुका तरवारले मारिनेछन्। यहूदाका सबै बासिन्‍दाहरूलाई म बेबिलोनका राजाका हातमा सुम्‍पिदिनेछु, तिनले कतिलाई कैद गरी बेबिलोनमा लैजानेछन् र अरूलाई मार्नेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनकि परमप्रभु यसो भन्‍नुहुन्‍छ: ‘तँलाई तेरो आफ्‍नै निम्‍ति र तेरा सबै मित्रहरूका निम्‍ति म एक त्रासको पात्र तुल्‍याउनेछु। तिनीहरू आफ्‍ना शत्रुहरूका तरवारले तेरै आँखाका सामुन्‍ने मारिनेछन्‌। म यहूदालाई बेबिलोनको राजाको हातमा सुम्‍पिदिनेछु, जसले तिनीहरूलाई कैद गरेर बेबिलोनमा लैजानेछ, अथवा तिनीहरूलाई तरवारले मार्नेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि याहवेह यसो भन्‍नुहुन्छ: ‘म तँलाई तेरै निम्ति र तेरा सबै साथीहरूका निम्ति त्रसित तुल्याउनेछु। तेरा आफ्नै आँखाले तिनीहरूलाई तिनीहरूका शत्रुहरूका तरवारले मारेको देख्नेछस्। म समस्त यहूदालाई बेबिलोनको राजाको हातमा सुम्पिदिनेछु, जसले तिनीहरूलाई बेबिलोनमा लैजानेछन् र तरवारले मार्नेछन्।
Nepali ERV (पवित्र बाइबल)
यो तिम्रो नाउँ हो किनभने परमेश्वर भन्नुहुन्छ ‘म तिमी स्वयंलाई आतङ्क बनाई दिनेछु। म चाँडै तिम्रा मित्रहरूका निम्ति तिमीलाई एक आतङ्क बनाइदिनेछु। शत्रुहरूले आफ्नो तरवारद्वारा तिम्रा साथीहरूलाई मारिरहेको तिमीहरूले देख्नेछौ म यहूदाका मानिसहरूलाई बाबेलका राजाकहाँ सुम्पने छु। उसले यहूदाका मानिसहरूलाई बाबेलमा अनि सेनाले आफ्ना तरवारहरूले यहूदाका मानिसहरूलाई मार्ने छन्।