Jeremiah 20:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म तिनीहरूका शत्रुहरूलाई यस सहरका सारा धन-सम्पत्ति लुटेर त्यहाँका सर-सामान, यहूदाका राजाहरूका धन-सम्पत्तिसमेत लुटेर जफत गरी सबै थोक बेबिलोनमा लैजान पनि दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म यस सहरका सबै धन-सम्पत्ति तिनीहरूका शत्रुहरूका हातमा दिनेछु— त्यसका सबै उत्पादन, त्यसका सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सारा धन-दौलत। उनीहरूले ती सबै लूट्का माल स्वरुप बेबिलोनमा लानेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म यरूशलेम सहरको सबै धनसम्पत्ति तिनीहरूका शत्रुहरूका हातमा सुम्पिदिनेछु, अर्थात् यस सहरका सबै फसल, सहरका सबै बहुमूल्य चीजहरू र यहूदाका राजाहरूका सबै भण्डारहरू शत्रुहरूलाई सुम्पिदिनेछु। तिनीहरूले सबै कुराहरूलाई लुटका मालसामानहरूजस्तै बेबिलोनमा लिएर जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
शहरका सम्पत्तिहरू, यसका नाफा, सबै बहुमूल्य वस्तुहरू र यहूदाका राजाहरूका सम्पत्तिहरू तिनीहरूकै शत्रुहरूलाई नै दिनेछु। शत्रुहरू यी सबै सम्पत्तिहरू बाबेलको राजधानीमा लानेछन्।