Jeremiah 20:8 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब म बोल्दछु, मैले चिच्च्याएर, “उपद्रव! सर्वनाश भयो!” भन्न कर लाग्छ। हे परमप्रभु, मैले तपाईंको सन्देश सुनाएको कारणले सधैँ मेरो हाँसो र तिरस्कार हुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब-जब म बोल्छु, तब-तब चर्को सोरले कराएर “उपद्रव र सर्वनाश भयो” भनी म घोषणा गर्छु। यसैले परमप्रभुको वचनले दिनभरि नै मलाई निन्दा र खिसी ल्याएको छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब-जब म बोल्छु, तब-तब हिंसा र विनाश हुनेछ भनी घोषणा गर्दै चिच्याउँछु। यसकारण दिनभरि नै याहवेहको वचनले मेरा निम्ति अपमान ल्याएको छ।
Nepali ERV (पवित्र बाइबल)
जब जब म बोल्छु, चिच्याउँछु, म हिंसा र विनाशको विरोधमा चिच्याइरहेछु। म मानिसहरूलाई त्यो सन्देश भन्छु जुन परमप्रभुले मलाई भन्नुभयो। तर मानिसहरूले सधैं मसित खिसी गर्छन् र मेरो हाँसो उढाउछन्।