Jeremiah 20:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर जब “म परमेश्वरको नाम लिनेछैनँ र उहाँको नाममा बोल्नेछैनँ” भनी म भन्दछु, तब तपाईंको वचन आगोझैँ मेरा हृदयमा जलिरहन्छ। म सधैँ त्यसलाई रोक्ने चेष्टा गर्दछु तर त्यो थाम्न सक्दिनँ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर “म उहाँको चर्चा गर्नेछैनँ, म फेरि कहिल्यै उहाँको नाउँमा बोल्नेछैनँ” भनी यदि म भन्छु भने उहाँको वचन मेरो हृदयमा जलिरहेको र मेरा हड्डीहरूमा थुनिराखेको आगोजस्तो हुन्छ। त्यसलाई भित्र रोकिराख्दा म थकित हुन्छु, साँच्चै म त्यो थाम्नै सक्दिनँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यदि मैले, “म उहाँको वचन भन्दिनँ अथवा उहाँको नाममा अबदेखि बोल्दिनँ” भनी भन्छु भने, उहाँको वचन मेरो हृदयमा आगोजस्तै, अथवा मेरा हड्डीहरूभित्र बन्द गरेको आगोजस्तै हुन्छ। मैले वचनलाई भित्र रोकिराखेको कारण थकित भएको छु; वास्तवमा म यो थाम्नै सक्दिनँ।
Nepali ERV (पवित्र बाइबल)
कहिले काँही म स्वयंलाई भन्छु, “म परमप्रभु विषयमा सबै भुल्नेछु अनि म अब उप्रान्त परमेश्वरको नाउँमा बोल्ने छैन।” तर जब म त्यसो भन्छु, परमप्रभुको वचनहरू मेरो हड्डीभित्र आगो जलिरहे झैं म भित्र बल्छ। यसले मलाई थकाउछ अनि म सहन सक्तिन।