Jeremiah 21:10 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले यस सहरलाई जोगाउने होइन तर नाश पार्ने निश्‍चय गरेको छु। त्‍यो सहर बेबिलोनको राजालाई दिइनेछ र त्‍यसले यसलाई आगोले भस्‍म पार्नेछ। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
मैले यस सहरलाई नोक्‍सान गर्न निश्‍चय गरिसकेको छु, भलाइ गर्न होइन, परमप्रभु भन्‍नुहुन्‍छ। यो सहर बेबिलोनका राजाको हातमा दिइनेछ, र त्‍यसले यसलाई आगाले भस्‍म गर्नेछ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मैले यस सहरलाई भलाइ होइन, तर हानि गर्ने निर्णय गरेको छु, याहवेह घोषणा गर्नुहुन्छ। यस सहरलाई बेबिलोनका राजा नबूकदनेसरको हातमा सुम्पिदिनेछु; अनि त्यसले यसलाई आगोले भस्म गर्नेछ।’
Nepali ERV (पवित्र बाइबल)
मैले यरूशलेम शहरका मानिसहरूलाई नोक्सानमा पार्न निर्णय लिएँ। म शहरलाई भलाइ गर्दिन।”‘ यो परमप्रभुको सन्देश हो “‘म यरूशलेम शहरलाई बाबेलका राजाकहाँ सुम्पनेछु। उसले यसलाई आगोले भस्म पार्नेछ।’