Jeremiah 21:12 — Compare Translations
3 translations compared side by side
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हे दाऊदको घराना, परमप्रभु यसो भन्नुहुन्छ: “प्रत्येक बिहान न्याय गर, लुटिएकोलाई अत्याचार गर्नेको हातबाट छुटाओ, नत्रता तिमीहरूको कुकर्मको कारणले गर्दा, मेरो क्रोध आगोझैँ दन्कनेछ, कसैले निभाउन नसक्ने गरी त्यो दन्कनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे दावीदका घराना, याहवेह तिमीहरूलाई यसो भन्नुहुन्छ: “ ‘हरेक बिहान न्याय कायम गर; जो लुटिएको छ, त्यसलाई अत्याचारीहरूको हातबाट मुक्त गर्, नत्रता तैँले गरेको दुष्ट कामको कारण मेरो क्रोध आगोजस्तै दन्किनेछ; अनि त्यसलाई निभाउने कोही पनि हुनेछैन।
Nepali ERV (पवित्र बाइबल)
हे दाऊदको घराना! परमप्रभु भन्नुहुन्छ ‘मानिसहरूलाई निष्पक्ष न्याय गर र अत्याचारमा परेकाहरूलाई अत्याचारीहरूबाट संरक्षण गर। यदि तिमीहरूले त्यसो गरेनौ भने रीसले म निभाउनु नसकिने आगो झैं हुनेछु। यो साँचो हुनेछ कारण तिमीहरूले धैरे दुष्कर्महरू गरेकाछौ।’