Jeremiah 21:4 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ, ‘पर्खाल बाहिर तँलाई घेरिरहेका बेबिलोनका राजा र सेनाहरूको विरुद्ध लड्‍न तेरो हातमा भएको हात-हतियार तेरै विरुद्धमा फर्काउनेछु। म तिनीहरूलाई सहरभित्र भेला गराउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तिमीहरूले सिदकियाहलाई भन, ‘परमप्रभु इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्‍छ: लड़ाइँका जुन हतियारहरू तिमीहरूका हातमा छन्, र पर्खालका बाहिर तिमीहरूलाई घेर्ने बेबिलोनीहरू र बेबिलोनको राजाको विरुद्धमा जुन हतियारले तिमीहरू लड़ाइँ गर्छौ, ती म तिमीहरूकै विरुद्धमा चलाउनेछु। ती जम्‍मा गरेर म यस सहरभित्र ल्‍याउनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
‘याहवेह इस्राएलका परमेश्‍वर यसो भन्‍नुहुन्छ: तिमीहरूका हातमा जुन हतियारहरू छन्, जसद्वारा पर्खालबाहिर तिमीहरूलाई घेरा हाल्ने बेबिलोनको राजा र बेबिलोनीहरूको विरुद्धमा तिमीहरू लडाइँ लड्छौ, ती हतियारहरूलाई तिमीहरूकै विरुद्धमा म फर्काउन लागेको छु। अब म तिनीहरूलाई यस सहरभित्र भेला गराउनेछु।
Nepali ERV (पवित्र बाइबल)
यही नै परमेश्वर, इस्राएलका परमप्रभुले भन्नुहुन्छ ‘तिमीहरूसँग युद्धका हतियारहरू छन्। तिमीहरूले ती हतियारहरू आफू स्वंयलाई बचाउन बाबेलका राजा र बाबेलवासीहरू विरूद्ध चलाइरहेछौ। तर म ती हतियारहरू तिनीहरू कै विरूद्धमा चलाउनेछु। “‘बाबेलका सैन्य शहर वरिपरिका पर्खालहरू बाहिर छन्। त्यो सैन्य शहर वरिपरि छ। म चाँडै त्यो सैन्य यरूशलेमभित्र ल्याउनेछु।