Jeremiah 21:9 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जो यस सहरमा बस्छ, त्यो लडाइँ, अनिकाल वा रुढीले मर्नेछ तर जो निस्केर गई अहिले सहरमाथि हमला गरिरहेका बेबिलोनीहरूका हातमा आफैंलाई समर्पण गर्छ, त्यो मर्नेछैन। त्यसले कम-से-कम आफ्नो ज्यानचाहिँ बचाउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जो यस सहरमा रहन्छ, त्यो तरवार, अनिकाल वा रूढ़ीले मर्नेछ। तर जो बाहिर निस्केर तिमीहरूलाई घेर्ने बेबिलोनीहरूका हातमा आत्मसमर्पण गर्छ, त्यो बाँच्नेछ। त्यो आफ्नो प्राणसमेत उम्कनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यस सहरमा बस्ने सबै तरवार, अनिकाल र विपत्तिद्वारा मर्नेछन्। तर यस सहरबाट बाहिर निस्कने र तिमीहरूलाई घेरेर बसिरहेका बेबिलोनीहरूकहाँ आत्मसमर्पण गर्ने सबै बाँच्नेछन्। तिनीहरू आफ्नो ज्यान जोगाएर भाग्न सक्छन्।
Nepali ERV (पवित्र बाइबल)
ती जो यरूशलेममा बस्दछन् तिनीहरू तरवार, अनिकाल र रूढीले मारिन्छन्। तर जो यरूशलेमबाट बाहिर जान्छन् र आक्रमण गरिरहेका बाबेलका सैन्यलाई। आफै सुम्पिन्छन्, तिनीहरू बाँच्नेछन्।