Jeremiah 22:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तैँले अरूका घरभन्दा असल घर देवदारुका काठले बनाइस् भन्‍दैमा के तँ राजा हुन्‍छस् र? तेरा बुबाले सारा जीवन आनन्‍दले बितायो, उसले सधैँ न्‍याय र ठीक काम गर्‍यो र आफूले हात लाएको हरेक काममा उसलाई फलिफाप भयो।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“के धेरैभन्‍दा धेरै देवदारु भएर तँ राजा हुन्‍छस्‌? के तेरो बुबासित खाने र पिउने थोक थिएनन्‌ र? त्‍यसले उचित र ठीक काम गर्‍यो, र त्‍यसलाई असलै भयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“के धेरै देवदारु बटुलेर महङ्गो घर बनाउँदैमा, तँ राजा हुन्छस् र? के तेरा पितासँग खाने र पिउने कुरो थिएन? जे उचित र न्यायसङ्गत थियो, त्यसले त्यही गर्‍यो। यसकारण त्यसलाई सबै कुरामा भलाइ नै भयो।
Nepali ERV (पवित्र बाइबल)
देवदारूले बनाएको तिम्रो विशाल महलले तिमीलाई महान राजा बनाउदैन। तिम्रा पिता खान र पिउनमा सन्तुष्ट थिए। उनले के ठीक र निष्पक्ष थियो त्यही गरे। यसर्थ प्रत्येक कुरो नै तिनको राम्रै भयो।