Jeremiah 22:17 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तँ त आफ्‍नो स्‍वार्थको कुरा मात्र देख्‍दछस्। तैँले निर्दोषको हत्‍या गर्दछस् र आफ्‍नो प्रजामाथि जबरजस्‍ती र अत्‍याचार गर्छस्,” परमप्रभु भन्‍नुहुन्छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तेरा आँखा र हृदय त बेईमान गरेर नाफा गर्नु, निर्दोषहरूको रगत बगाउनु, अत्‍याचार र जबरदस्‍ती गरी खोस्‍नुमा मात्र छन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर तेरा आँखा र तेरा हृदय त बेइमानीसाथ कमाउनेतिर, निर्दोष मानिसहरूको रगत बहाउनेतिर; अनि अत्याचार र हिंसातिर लागेका छन्।”
Nepali ERV (पवित्र बाइबल)
तिम्रो आँखाहरूले तिमीलाई के लाभदायक छ त्यो मात्र देख्छ। तिमी निर्दोष मानिसहरूलाई मार्न, मानिसहरूलाई टुहनु र चक्नाचूर पार्न मात्र चिन्ता गर्छौ।