Jeremiah 22:20 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे यरूशलेमका बासिन्‍दाहरू हो, लेबनानमा गएर कराओ, बाशानमा गएर रोओ। मोआबका पहाडहरूबाट दु:खको सोर उठाओ किनभने तिम्रा सबै मित्र देशहरूको हार भएको छ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“लेबनानमा गएर चर्को गरी करा। तेरो सोर बाशानमा सुनिओस्‌। अबारीमबाट चर्को गरी कराएर रो, किनकि तेरो साथ दिने सबै नष्‍ट भए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“उक्लेर लेबनानसम्म जा, र चर्कोगरी करा, तेरो सोर बाशानसम्मै सुनिओस्; अबारीमबाट करा, किनकि तेरा सबै मित्रहरू नष्‍ट भएका छन्।
Nepali ERV (पवित्र बाइबल)
“यहूदा, लबानोनको पर्वतमाथि जाऊ र जोडले चिच्याऊ। बाशान क्षेत्रमा जोडले कराऊ। अबारीमको पर्वतहरूमा चिच्याऊ किनभने तिम्रो ‘प्रेमीहरूलाई’ ध्वंश पारिनेछ।