Jeremiah 22:24 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
यहोयाकीमका छोरा यहूदाका राजा यहोयाकीनलाई परमप्रभुले यसो भन्‍नुभयो, “म जीवित परमप्रभु छु भन्‍ने स्‍वयम् साक्षी राखी म भन्‍दछु, मेरो दाहिने हातको छाप औँठी भए पनि म तँलाई निकाली फ्‍याँक्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जस्‍तो म जीवित छु,” परमप्रभु भन्‍नुहुन्‍छ, “तँ यहूदाको राजा यहोयाकीमको छोरो यहोयाकीन मेरो दाहिने हातको छाप-औँठी भए तापनि म तँलाई निकालेर फ्‍याँकिदिनेथिएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “म जीवित भएझैँ, हे यहूदाका राजा यहोयाकीमको छोरा यहोयाकीन, तँ यदि मेरा दाहिने हातको छाप-औँठी नै भए तापनि म तँलाई फुकालेर फ्याँकिदिनेछु।
Nepali ERV (पवित्र बाइबल)
“जस्तो म निश्चित रूपमा बस्छु,” यो परमप्रभुको सन्देश हो, “म यस्तो तिम्रो लागि गर्नेछु। यहोयाकीमको छोरो यहूदाको राजा, यहोयाकीन यदि तिमी मेरो दाहिने हातको छाप-औठी हुँदो हौ त म तिमीहरूलाई थुतेर फ्याँक्ने थिएँ।