Jeremiah 22:25 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती मानिसहरूका हातमा म तँलाई दिनेछु, जसको तैँले डर मान्‍दछस् र जसले तेरो ज्‍यान लिने इच्‍छा गर्दछ। म तँलाई बेबिलोनको राजा नबूकदनेसर र तिनका सिपाहीहरूका हातमा सुम्‍पिदिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तेरो प्राण लिन खोज्‍नेहरूका हातमा म तँलाई सुम्‍पिदिनेछु, जसदेखि तँ डराउँदछस्‌— बेबिलोनको राजा नबूकदनेसरको हातमा र बेबिलोनीहरूकहाँ म तँलाई सुम्‍पिदिनेछु।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तँलाई मार्न चाहने मानिसहरू, बेबिलोनको राजा नबूकदनेसर र बेबिलोनीहरूका हातमा तँलाई सुम्पिदिनेछु, जससँग तँ डराउँदछस्।
Nepali ERV (पवित्र बाइबल)
यहोयाकीन, म तिमीलाई बाबेलका राजा नबूकदनेस्सरलाई र बाबेलवासीहरूलाई सुम्पिनेछु। यी ती मानिसहरू नै हुन जसले तिम्रो प्राण खोजिरहेकाछन् र जोसित तिमी भयभित छौ।