Jeremiah 22:28 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मैले भनें, “के यहोयाकीन राजा एउटा फुटेको र फ्‍याँकिएको गाग्रोजस्‍तै भएको छ, जसलाई कसैले चाहँदैन? के त्‍यही कारणले तिनी र तिनका सन्‍तान आफूले नजानेको देशमा कैद गरी लगिएका हुन्?”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
के यो मानिस यहोयाकीन तुच्‍छ ठानिएको, फुटेको भाँड़ो हो, एउटा भाँड़ो जसको कसैले वास्‍ता गर्दैन? त्‍यो र त्‍यसका छोराछोरीहरू तिनीहरूले नजानेको देशमा किन फ्‍याँकिनेछन्‌?
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
के यो मानिस यहोयाकीन तुच्छ ठानिएको एउटा घृणित, फुटेको माटोको भाँडो हो? त्यो र त्यसका छोराछोरीहरूलाई निकालेर, तिनीहरूले नजानेको देशमा किन फ्याँकिनेछन्?
Nepali ERV (पवित्र बाइबल)
के कोन्याह कसैले आफलको फुटेको भाँडा जस्तो हो जसलाई कसैले मन पराउँदैन? किन यहोयाकीन र उसको नानीहरू फ्याँकिए? किन तिनीहरू नजानेको देशमा फ्याँकिए?