Jeremiah 22:6 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“मेरो निम्ति यहूदाको राज-महल गिलाद देश र लेबनानका पर्वतहरूझैँ सुन्दर छ। तर म त्यसलाई उजाड र निर्जनस्थान बनाउनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
किनभने यहूदाका राजाको महलको विषयमा परमप्रभु यसो भन्नुहुन्छ: “तँ मेरो निम्ति गिलाद र लेबनानको टाकुराजस्तै भए तापनि म तँलाई मरुभूमिजस्तै तुल्याउनेछु— निर्जन नगरझैँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
किनकि यहूदाको राजमहलको बारेमा याहवेह यसो भन्नुहुन्छ: “तँ मेरा निम्ति गिलादझैँ र लेबनानको टाकुराझैँ भए तापनि निश्चय नै म तँलाई बसोबास नभएको निर्जन सहरहरूजस्तै उजाड पार्नेछु।
Nepali ERV (पवित्र बाइबल)
यसैले परमप्रभु यहूदाको राजाको राजमहलको विषयमा भन्नुहुन्छ “तँ ता मेरो निम्ति गिलादको जंगल र लबानोनको पहाड जस्तै छस्। तर म तँलाई मरूभूमिमा परिणत गरिदिन्छु। कोही बसो-बास गर्ने नभएको शहर झैं तँलाई म उजाड बनाइदिन्छु।