Jeremiah 22:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब तिमीहरूले म तिमीहरूका परमेश्‍वरसित बाँधेको करार त्‍यागेर बिराना देवताहरू मानेका हुनाले यसो भएको हो भनी तिनीहरूले जवाफ दिनेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अनि उनीहरूका निम्‍ति जवाफ यस्‍तो हुनेछ: ‘किनभने तिनीहरूले परमप्रभु तिनीहरूका परमेश्‍वरको करारलाई त्‍यागेर अरू देवताहरूका पूजा र सेवा गरेका छन्‌’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अनि जवाफ यस्तो हुनेछ: ‘किनकि तिनीहरूले याहवेह, तिनीहरूका परमेश्‍वरको करार त्यागेका छन्, र तिनीहरूले अरू देवताहरूलाई मानेका छन् र सेवा गरेका छन्।’ ”
Nepali ERV (पवित्र बाइबल)
त्यो प्रश्नको उत्तर यो हुनेछ ‘परमेश्वरले यरूशलेम ध्वंस पार्नुभयो किनभने तिनीहरूले तिनीहरूका परमेश्वर परमप्रभुसित रहेको करार त्यागे। तिनीहरूले अरू देवताहरूलाई पूजा गरे अनि तिनीहरूको सेवा गरे।”‘