Jeremiah 23:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
व्यभिचारीहरूले देश भरिएको छ। तिनीहरूले दुष्ट जीवन बिताउँछन् र आफ्नो शक्तिको गलत प्रयोग गर्छन्। परमप्रभुको श्रापले गर्दा देशले विलाप गर्दछ र खर्कहरू पनि सुकिगएका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
देश व्यभिचारीहरूले भरिएको छ, सराप पाएको कारण देश सुक्खा भएको छ, मरुभूमिमा खर्क सुकेका छन्। अगमवक्ताहरू खराब चालमा चल्छन् र आफ्नो शक्ति अन्यायपूर्वक चलाउँछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सारा देश व्यभिचारीहरूले भरिएको छ; श्रापको कारण देशका मानिसहरू शोक गर्दैछन्; अनि उजाडस्थानका खर्कहरू सुकेका छन्। तिनीहरूका अगमवक्ताहरू दुष्ट मार्ग पछ्याउँछन्, र तिनीहरूको शक्ति अन्यायको लागि प्रयोग गर्छन्।
Nepali ERV (पवित्र बाइबल)
यहूदाका भूमि यस्ता मानिसहरूले भरिएकोछ जो व्यभिचारीहरू छन्। यसर्थ परमप्रभुले यस भूमिलाई श्राप दिनुभयो अनि र्खक मरूभूमिमा परिणत भएकोछ। अगमवक्ताहरू दुष्ट छन्। ती अगमवक्ताहरूले आफ्ना प्रभाव र शक्ति गल्ती गरी प्रयोग गर्दछन्।