Jeremiah 23:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्‍नुहुन्‍छ, “अगमवक्ता र पूजाहारी दुवै परमेश्‍वर नमान्‍ने भएका छन्, मेरो मन्‍दिरमा तिनीहरूले दुष्‍कर्म गर्दैगरेको मैले भेट्टाएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अगमवक्ता र पूजाहारी दुवै ईश्‍वरहीन भएका छन्‌। मेरै मन्‍दिरमा पनि तिनीहरूको दुष्‍टता म भेट्टाउँछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अगमवक्ता र पुजारी दुवै ईश्‍वरहीन छन्; मेरो मन्दिरमा पनि म तिनीहरूको दुष्‍टता भेट्टाउँछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“अगमवक्ता अनि पूजाहारी दुवै पापीहरू छन्। तिनीहरूको दुष्ट्याई मैले मेरो मन्दिरमा देखेकोछु। यो सन्देश परमप्रभुबाट आएको हो।