Jeremiah 23:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरू हिंडेको बाटो अँध्‍यारो र चिप्‍लो हुनेछ। तिनीहरूलाई ठेस खाएर लड्‍न लाउनेछु। म तिनीहरूमाथि विपत्ति ल्‍याउनेछु। तिनीहरूले दण्‍ड पाउने समय आउँदै छ। म परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण तिनीहरूको बाटो चिप्‍लो हुन्‍छ, अन्‍धकारमा तिनीहरू निर्वासित गराइनेछन्‌ र तिनीहरू त्‍यसैमा लोट्‌नेछन्‌। तिनीहरूले दण्‍ड पाउने वर्षमा तिनीहरूमाथि म सर्वनाश ल्‍याउनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“यसकारण तिनीहरूका बाटाहरू चिप्ला हुनेछन्; तिनीहरू अँध्यारोमा बाहिर फ्याँकिनेछन्, र तिनीहरू त्यसैमा ठेस खाएर लड्नेछन्। तिनीहरूले दण्ड पाउने वर्षमा, म तिनीहरूमाथि विपत्ति ल्याउनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“यसकारण, तिनीहरूको बाटो अन्धकारले ढाकेको चिप्लो हुनेछ अनि तिनीहरू कालो अन्धकारमा झर्नेछन्। म ती पूजाहारीहरू र अगमवक्ताहरूमाथि विपद ल्याइ सजाय दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।