Jeremiah 23:15 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“यसैकारण म सर्वशक्तिमान् परमप्रभु ती यरूशलेमका अगमवक्ताहरूबारे यसो भन्‍दछु, ‘म तिनीहरूलाई खान ऐरेलु र पिउन विष दिनेछु किनभने तिनीहरूले सारा देशलाई भक्तिहीन तुल्‍याएका छन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसकारण ती अगमवक्ताहरूका विषयमा सर्वशक्तिमान्‌ परमप्रभु यसो भन्‍नुहुन्‍छ: “म तिनीहरूलाई ऐरेलु खुवाउनेछु, र विष हालेको पानी तिनीहरूलाई पिउन दिनेछु, किनभने यरूशलेमका अगमवक्ताहरूबाटै देशभरि ईश्‍वरहीनता फैलिएको छ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण अगमवक्ताहरूको बारेमा सेनाहरूका याहवेह यसो भन्‍नुहुन्छ: “हेर, म तिनीहरूलाई तितो भोजन खान लगाउनेछु, र विषालु पानी पिउन दिनेछु; किनभने यरूशलेमका अगमवक्ताहरूले देशभरि नै भक्तिहीनता फैलाएका छन्।”
Nepali ERV (पवित्र बाइबल)
यसकारण सेनाहरूका परमप्रभुले ती अगमवक्ताहरूका बारेमा भन्नुहुन्छ “म ती अगमवक्ताहरूलाई तितो भोजन खाने र विष हालेको पानी पिउने बनाउनेछु किनभने यरूशलेमका अगमवक्ताहरू देखि सम्पूर्ण देश नै दूषित पार्दैछन्।”