Jeremiah 23:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु इस्राएलका परमेश्वरले आफ्ना प्रजाको हेरचाह गर्ने गोठालाहरूबारे यसो भन्नुहुन्छ, “तिमीहरूले मेरा प्रजाको हेरचाह गरेनौ, तिमीहरूले तिनीहरूलाई छरपष्ट पारेर धपायौ। अब तिमीहरूका दुष्ट कर्महरूको निम्ति म तिमीहरूलाई दण्ड दिनेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यसैकारण आफ्नो प्रजालाई चराउने गोठालाहरूका विषयमा परमप्रभु इस्राएलका परमेश्वर यसो भन्नुहुन्छ: “तिमीहरूले मेरो बगाललाई छरपष्ट पार्यौ र तिमीहरूले तिनीहरूलाई धपायौ, र तिनीहरूको हेरचाह गरेनौ। यसैकारण तिमीहरूको दुष्ट कामको निम्ति म तिमीहरूलाई दण्ड दिनेछु,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यसकारण याहवेह इस्राएलका परमेश्वर आफ्ना भेडाहरूको हेरचाह गर्ने गोठालाहरूलाई यसो भन्नुहुन्छ: “तिमीहरूले मेरो बगाललाई छरपस्ट पारेर टाढा धपाइदिएका कारण र तिनीहरूको हेरचाह नगरेको कारण, तिमीहरूले गरेको दुष्ट कामका निम्ति म तिमीहरूलाई दण्ड दिनेछु,” याहवेह भन्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
ती गोठालाहरू (नेताहरू) मेरा मानिसका उत्तरदायीहरू हुन्। अनि इस्राएलका परमेश्वरले, यी कुराहरू ती गोठालाहरूलाई भन्नुहुन्छ “तिमी गोठालाहरूले मेरो बगाललाई चारै तर्फ भगाई दियौ। तिनीहरूलाई भाग्न वाध्य पार्यौ। अनि तिमीहरूले तिनीहरूलाई हेरचाह गरेनौ। तर मैले तिम्रो हेरचाह गरें। तिमीले गरेका दुष्ट कामहरूका निम्ति म दण्ड दिनेछु।” यो परमप्रभुबाट आएको सन्देश हो।