Jeremiah 23:27 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा प्रजाका पिता-पुर्खाले बाल देवतापट्टि लागेर मलाई बिर्सेझैँ यी अगमवक्ताहरूले आपसमा गरेका आ-आफ्ना सपनाका कुराले गर्दा मेरो प्रजाले मलाई बिर्सनेछन् भनी ठानेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पुजेका कारणले मेरो नाउँ बिर्सेझैँ, यी अगमवक्ताहरूले एक-अर्कालाई कहेका आफ्ना सपनाहरूद्वारा मेरो प्रजालाई मेरो नाउँ बिर्सन लाउने विचार गर्छन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
ती अगमवक्ताहरू सोच्दछन्, कि तिनीहरूले एक-आपसमा भनेका सपनाहरूले गर्दा, मेरा मानिसहरूले मेरो नाम बिर्सनेछन्, जसरी तिनीहरूका पितापुर्खाहरूले बाल-देवतालाई पूजा गरेर मेरो नाम बिर्सेका थिए।
Nepali ERV (पवित्र बाइबल)
ती अगमवक्ताहरूले मेरो नाउँ मानिसहरूबाट भुलाउनु प्रयास गरिरहेकाछन् जसरी आफ्ना पिता-पुर्खाहरूले सपनाहरू भनेर भुलेका थिए। तिनीहरूका पिता-पुर्खाहरूले बाल देवतालाई पूजे।