Jeremiah 23:28 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
कुनै अगमवक्ताले सपना देखेको छ भने त्यो सपनाको कुरा मात्र हो भनोस् तर कुनै अगमवक्ताले मेरो वचन सुनेको छ भने त्यो वचन इमानदारीसाथ सुनाओस्। गहुँसित परालको के तुलना हुन सक्छ र?
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
कुनै अगमवक्ताले सपना देखेको भए त्यसले सपना नै कहोस्। तर कसैसित मेरो वचन छ भने त्यसले विश्वाससित मेरो वचन बोलोस्। किनकि परालको गहूँसँग के सम्बन्ध?” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सपना देख्ने अगमवक्ताले उसको सपना नै भनोस्, तर मेरो वचन पाउनेले विश्वासयोग्यतासाथ त्यही बोलोस्। किनकि अन्नसित परालको के तुलना हुन सक्छ र?” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
पराल गहुँ भन्दा भिन्दै हुन्छ। अगमवक्ताहरूले जसकहाँ सपना छ त्यही सपना विषयमा बोलुन्। जसकहाँ मेरा वचनहरू छन् साँचो गरी भनुन।