Jeremiah 23:3 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई खेदिपठाएका देशहरूबाट म भेला गरी ल्‍याउनेछु र तिनीहरूको आफ्‍नो देशमा फर्काई ल्‍याउनेछु। तिनीहरूका धेरै सन्‍तानहरू हुनेछन् र सङ्‍ख्‍या बढ्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“मेरा बगालका बाँचेकाहरूलाई मैले तिनीहरूलाई धपाएका सबै देशहरूबाट जम्‍मा गरेर म आफै तिनीहरूलाई तिनीहरूको खर्कमा फर्काइल्‍याउनेछु, जहाँ तिनीहरू फलवन्‍त हुनेछन्, र संख्‍यामा तिनीहरूको वृद्धि हुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“मैले तिनीहरूलाई धपाइदिएका सबै देशहरूबाट मेरा बगालका बाँचेकाहरूलाई म आफैँ भेला गर्नेछु र तिनीहरूलाई तिनीहरूकै खर्कमा फर्काएर ल्याउनेछु, जहाँ तिनीहरू फलवन्त हुनेछन् र संख्यामा वृद्धि हुँदै जानेछन्।
Nepali ERV (पवित्र बाइबल)
“अब मैले अन्य देशहरू तिर खेदिएका बगाल भेला पार्छु र तिनीहरूलाई चर्ने र्खकमा ल्याउँछु। जब म मेरा बगाललाई चर्ने र्खकमा ल्याउँछु तिनीहरू लाभदायक बनिन्छन र संख्या बढछ।