Jeremiah 23:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले एका-अर्काबाट झूटा कुरा चोर्दछन् र मेरा वचन हुन् भनी ती प्रचार गर्दछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“यसैकारण म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले मबाट आएका वचन भएजस्‍तै गरी एक-अर्कादेखि चोर्दछन्,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “यसकारण म ती झूटा अगमवक्ताहरूको विरुद्धमा छु, जसले एक-अर्काबाट वचनहरू चोर्छन्, र मबाट आएको वचन हो भन्दै घोषणा गर्छन्।”
Nepali ERV (पवित्र बाइबल)
“यसर्थ म झूटा अगमवक्ताहरूको विरूद्धमा छु।” यो सन्देश परमप्रभुको हो “ती अगमवक्ताहरूले मेरा शब्दहरू एका-अर्काबाट चोरिरहेका छन्।