Jeremiah 23:32 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म परमप्रभु के भन्दछु, सुन! म ती अगमवक्ताहरूका विरुद्धमा छु, जसले झूटै-झूटले भरिएका आफ्ना सपनाहरू बताउँछन्। तिनीहरूले ती सपनाहरू बताएर मेरो प्रजालाई आफ्ना झूट र घमण्डका कुराले भर्माउँछन्। मैले तिनीहरूलाई पठाएको होइनँ, जाओ भनेको होइनँ र तिनीहरूबाट मेरा प्रजालाई केही सहायता हुनेछैन। म परमप्रभु बोलेको छु।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
साँच्चै नै झूटा सपनाहरू कहनेहरूका विरुद्धमा म छु,” परमप्रभु भन्नुहुन्छ। “मैले तिनीहरूलाई पठाइनँ न नियुक्त गरें, तापनि तिनीहरू ती सपना मेरा प्रजालाई कहेर तिनीहरूलाई असत्यद्वारा भ्रममा पार्दछन्। तिनीहरूले यी मानिसहरूलाई थोरै मात्रामा पनि लाभ पुर्याउँदैनन्,” परमप्रभु भन्नुहुन्छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, म झूटो सपनाको अगमवाणी गर्ने अगमवक्ताहरूको विरुद्धमा छु,” याहवेह घोषणा गर्नुहुन्छ। “तिनीहरूले तिनीहरूका झूटा अगमवाणीहरू भन्दछन् र आफ्ना अहङ्कारी झूटा कुराहरूद्वारा मेरा मानिसहरूलाई बहकाइदिन्छन्। तर मैले तिनीहरूलाई पठाएको अथवा नियुक्त गरेकै होइनँ। तिनीहरूले यी मानिसहरूलाई कुनै फाइदा पुर्याउँदैनन्,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
म झूटा अगमवक्ताहरूका विरूद्ध छु जसले झूटो सपनाहरू प्रचार गर्छन्।” यो परमप्रभुको सन्देश हो। “तिनीहरूले मेरा मानिसहरूलाई झूटो शिक्षा दिदैं कुबाटो तिर लैजादैछन्। न त मैले तिनीहरूलाई पठाए न मेरो पक्षमा बोल्नु भनी आदेश दिएँ। तिनीहरूले कदापि यहूदाका मानिसहरूलाई सहयोग गर्न सक्तैनन्।” यो परमप्रभुको सन्देश हो।