Jeremiah 23:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभुले मलाई भन्‍नुभयो, “ए यर्मिया, मेरा प्रजामध्‍ये कसैले वा कुनै अगमवक्ता तथा पूजाहारीले तँलाई ‘परमप्रभुको के सन्‍देश छ’ भनी सोध्‍यो भने तैँले त्‍यसलाई भन्‍नू, ‘तिमीहरू परमेश्‍वरका बोझ हौ र उहाँले तिमीहरूलाई त्‍याग्‍नुहुनेछ’।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“जब यी मानिसहरूले अथवा कुनै अगमवक्ता वा कुनै पूजाहारीले ‘परमप्रभुको ईश्‍वरवाणी के हो?’ भनी तँलाई सोध्‍यो भने, तैंले तिनीहरूलाई भन्‍नू, ‘कुन ईश्‍वरवाणी? म तिमीहरूलाई त्‍याग्‍नेछु,’ परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“जब यी मानिसहरू अथवा अगमवक्ताहरू अथवा पुजारीहरूले ‘याहवेहको सन्देश के छ?’ भनी तँलाई सोध्दछन्, तब तिनीहरूलाई भन् ‘कस्तो सन्देश? म तिमीहरूलाई त्यागिदिनेछु, याहवेह घोषणा गर्नुहुन्छ।’
Nepali ERV (पवित्र बाइबल)
“यहूदाका मानिसहरू अथवा अगमवक्ताहरू, अथवा पूजाहारीहरूले तिमीलाई सोध्न सक्छ, ‘परमप्रभुले के के भारी बोकाउनु भयो?’ तब तिमीहरूले तिनीहरूलाई उत्तर दिन्छौ र भन्छौ, ‘तिमीहरू अत्यन्तै गहुँ बोझ हौ र म तिमीहरूलाई फ्याँक्नेछु।”‘ यो परमप्रभुको सन्देश हो।