Jeremiah 23:38 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अनि तिनीहरूले मेरा आज्ञा मानेनन् र ‘परमप्रभुको बोझ’ भन्ने वाक्य व्यवहार गरे भने तिनीहरूलाई यसो भन् कि
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यद्यपि ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनेर तिमीहरू दाबी गर्छौ, परमप्रभु यसो भन्नुहुन्छ: ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भन्ने शब्दहरू तिमीहरूले प्रयोग गर्यौ, तर पनि मैले तिमीहरूलाई भनें, ‘यो परमप्रभुको ईश्वरवाणी हो’ भनेर दाबी नगर।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
यद्यपि तिमीहरूले याहवेहको सन्देश यही हो भनेर दाबी गरे तापनि याहवेह यसो भन्नुहुन्छ: ‘तिमीहरूले यो याहवेहको सन्देश हो,’ भनेर दाबी नगर्नू भनेर मैले तिमीहरूलाई भने तापनि तिमीहरूले ‘यो याहवेहको सन्देश हो’ भनी दाबी गर्यौ।
Nepali ERV (पवित्र बाइबल)
तर तिमीले नभन परमप्रभुबाट के भारी बोझ थियो। यदि तिमीले यो शब्द प्रयोग गर्यौ भने परमप्रभुले तिमीलाई यी शब्दहरू भन्नु हुनेछ ‘तिमीले मेरो वचनलाई परमप्रभुको भारी नभन्नु पर्थ्यो। मैले तिमीलाई यो शब्द नभन्नु भनें।’