Jeremiah 23:5 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “यस्ता दिनहरू आउँदै छन्, जब म दाऊदको एउटा न्यायी सन्तान खडा गर्नेछु। त्यो राजा हुनेछ र बुद्धिसित राज्य गर्नेछ र देशमा न्याय र ठीक काम गर्नेछ,
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
परमप्रभु भन्नुहुन्छ, “हेर, यस्ता दिन आउँदैछन्, जब म दाऊदको वंशबाट एउटा धार्मिक हाँगा खड़ा गर्नेछु, एक जना राजा जसले बुद्धिसित राज गर्नेछन्, र जे उचित र ठीक छ त्यही तिनले देशमा गर्नेछन्।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह यसो भन्नुहुन्छ, “हेर, ती दिनहरू निश्चित रूपमा आउँदैछन्, जब म दावीदको निम्ति एउटा धर्मी हाँगा खडा गर्नेछु; यस्तो राजा, जसले बुद्धिमान् भएर राज्य गर्नेछ; अनि देशमा जे न्याय र धार्मिक छ, त्यसले त्यही गर्नेछ।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभु भन्नुहुन्छ, “अब समय आइरहेछ कि म दाऊदको कुलमा एउटा धार्मिक शाखा स्थापित गर्नेछु। उसको ज्ञानले शासन चलाउनेछ र धर्म र न्याय गर्नेछ।