Jeremiah 23:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो राजा छँदा यहूदाका मानिसहरू बचाइनेछन् र इस्राएलका मानिसहरूले सुरक्षासाथ बास गर्नेछन्। त्‍यसको नाम ‘परमप्रभु हाम्रो उद्धार’ भनिनेछ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनको समयमा यहूदा बचाइनेछ र इस्राएल सुरक्षितसाथ रहनेछ। जुन नाउँले तिनी कहलाइनेछन्‌ त्‍यो यही हो, ‘परमप्रभु हाम्रा धार्मिकता’।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस राजाको समयमा यहूदा बचाइनेछ, र इस्राएल सुरक्षासाथ बास गर्नेछ। त्यो त्यही नाम हो, जसद्वारा उहाँलाई बोलाइनेछ: याहवेह हाम्रा धार्मिक उद्धारकर्ता।”
Nepali ERV (पवित्र बाइबल)
त्यस समयमा, यहूदाका मानिसहरूलाई बचाइनेछ, अनि इस्राएलले सुरक्षित जीवन जिउनेछ। उहाँको नाउँ यो हुनेछ परमप्रभु हाम्रो धार्मिकता हुनुहुन्छ।