Jeremiah 23:8 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिनीहरूले ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्‍कासन गर्नुभएको थियो, ती सबै देशबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुलाई साक्षी राखी’ भन्‍नेछन्। तब तिनीहरू आफ्‍नै देशमा बास गर्नेछन्।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तर तिनीहरूले भन्‍नेछन्, ‘इस्राएलीहरूका वंशलाई उत्तरको देश र अरू सबै देशहरूबाट जहाँ-जहाँ उहाँले तिनीहरूलाई निष्‍कासन गर्नुभएको थियो, ती सबै देशहरूबाट निकालेर ल्‍याउनुहुने जीवित परमप्रभुको नाउँमा’। त्‍यसपछि तिनीहरू आफ्‍नै देशमा बस्‍नेछन्‌।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर तिनीहरूले भन्‍नेछन्, ‘याहवेह जीवित हुनुभएझैँ, जसले इस्राएलीहरूलाई उत्तरको देशबाट र उहाँले तिनीहरूलाई निर्वासनमा पठाउनुभएका सबै देशहरूबाट निकालेर ल्याउनुभयो।’ ”
Nepali ERV (पवित्र बाइबल)
तर मानिसहरूले केही नयाँ कुरा भन्ने छन्। तिनीहरूले भन्ने छन्, ‘जसरी परमेश्वर जीवित हुनुहुन्छ, परमेश्वर मात्र हुन जसले इस्राएलका मानिसहरूलाई उत्तर-भूमिबाट ल्याउनु भयो। उहाँले तिनीहरूलाई सम्पूर्ण राज्यहरूबाट ल्याउनु भयो जहाँ उहाँले तिनीहरूलाई पठाउनु भएको थियो।’ त्यसपछि इस्राएलका मानिसहरू तिनीहरूका आफ्नै भूमिमा बस्नेछन्।”