Jeremiah 23:9 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
अगमवक्ताहरूलाई यो खबर छ, मेरो मन टुटेको छ र म काँप्‍दैछु किनभने परमेश्‍वर र उहाँका पवित्र वचनहरूका कारणले धेरै मद्यले मातिएको म एउटा मतवाला मानिसजस्‍तै भएको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अगमवक्ताहरूको विषयमा चाहिँ: मेरो हृदय मभित्र टुटेको छ। मेरा सबै हड्डीहरू काम्‍दछन्‌। परमप्रभुको र उहाँका पवित्र वचनको कारणले म मतवाला मानिसजस्‍तै भएको छु, दाखमद्यले चूर भएको मानिसजस्‍तै।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगमवक्ताहरूको विषयमा: मेरो हृदय मभित्रै टुटेको छ; मेरा सबै हड्डीहरू काप्छन्। याहवेह र उहाँको पवित्र वचनको कारणले मात्तिएको म एउटा मतवालाजस्तै भएको छु, दाखमद्यले लट्ठ मातेको मानिसजस्तै छु।
Nepali ERV (पवित्र बाइबल)
अगमवक्ताहरूलाई सन्देश अन्तस्करणमा मेरो हृदय भाँचेको छ। मेरो सबै हड्डीहरू कामिरहेकाछन्। यो परमप्रभुको र उहाँको पवित्र वचनको कारणले हो। म मतवाला मानिस जस्तै भएकोछु।