Jeremiah 24:2 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
पहिलो डालोमा चाँडै पाकेका असल नेभाराहरू थिए र दोस्रोमा नराम्रा, खान नसकिने नेभाराहरू थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
एउटा डालोमा पहिले पाकेका अगौटे फलजस्तै खूब असल अञ्जीरहरू थिए, तर अर्को डालोमा नराम्रा अञ्जीरहरू थिए, यति नराम्रा कि ती खान पनि नहुने थिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
एउटा डालोमा पहिले पाकेका खूब असल नेभाराहरू थिए; अर्को डालोमा चाहिँ अति नराम्रा नेभाराहरू थिए। ती खानै नसकिने अति खराब थिए।
Nepali ERV (पवित्र बाइबल)
एउटा डालोभित्र धेरै असल नेभाराहरू थिए। ती नेभाराहरू त्यस्ता थिए जुन समय अघाडि नै पाकेका थिए। तर अर्का डालोमा कुहेको नेभाराहरू थिए। तिनीहरू खान लायकका थिएनन्।