Jeremiah 24:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
म नै परमप्रभु हुँ भनी चिन्‍ने मन म तिनीहरूलाई दिनेछु। तब तिनीहरू मेरा प्रजा हुनेछन् अनि म तिनीहरूको परमेश्‍वर हुनेछु किनभने तिनीहरू आफ्‍ना सम्‍पूर्ण हृदयले मतिर फर्कनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
म नै परमप्रभु हुँ भनी चिन्‍ने हृदय तिनीहरूलाई म दिनेछु। अनि तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु, किनभने तिनीहरू आफ्‍नो सम्‍पूर्ण हृदयले मकहाँ फर्कनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
म तिनीहरूलाई म नै याहवेह हुँ भनी जान्‍ने हृदय दिनेछु। तिनीहरू मेरा प्रजा हुनेछन्, र म तिनीहरूका परमेश्‍वर हुनेछु; किनभने तिनीहरू आफ्ना सम्पूर्ण हृदयले मतिर फर्कनेछन्।
Nepali ERV (पवित्र बाइबल)
म तिनीहरूलाई म नै परमप्रभु हुँ भनेर चिन्ने योग्यता दिन्छु। तिनीहरू मेरा मानिसहरू हुनेछन् अनि म तिनीहरूका परमेश्वर हुँ, किनभने तिनीहरू पूर्ण-हृदयहरूले म तर्फ फर्कनेछन्।