Jeremiah 25:1 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
योशियाहका छोरा यहोयाकीम यहूदाका राजा भएको चौथो वर्षमा यहूदाका मानिसहरूबारे परमप्रभुको सन्देश मकहाँ आयो। (यो सन्देश नबूकदनेसर बेबिलोनका राजा भएको पहिलो वर्षमा आएको थियो।)
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
यहूदाका राजा योशियाहका छोरा यहोयाकीमका राजकालको चौथो वर्षमा, जो बेबिलोनका राजा नबूकदनेसरका राजकालको पहिलो वर्ष थियो, यहूदाका सबै मानिसहरूका विषयमा परमप्रभुको यो वचन यर्मियाकहाँ आयो।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
योशियाहका छोरा, यहूदाका राजा यहोयाकीमको शासनकालको चौथो वर्षमा, जुन बेबिलोनका राजा नबूकदनेसरको शासनकालको पहिलो वर्ष थियो; अनि यहूदाका सबै मानिसहरूका बारेमा यर्मियाकहाँ यो वचन आयो।
Nepali ERV (पवित्र बाइबल)
यो सन्देश जुन यर्मियाकहाँ आयो त्यो यहूदाका सबै मानिसहरूको विषयमा सम्बन्धित छ। यो योशियाहको पुत्र यहोयाकीम यहूदाको राज-सिंहासनमा बसेको चौथो वर्षमा भएको हो। यो नबूकदनेस्सरले बाबेलको राजमुकुट पहिरिएको प्रथम वर्षमा भएको हो।