Jeremiah 25:12 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यसपछि म बेबिलोन र त्‍यसका राजालाई तिनीहरूका पापको निम्‍ति दण्‍ड दिनेछु। म त्‍यस देशलाई नाश पार्नेछु र सदाकालको निम्‍ति ध्‍वस्‍त पारी छोडिराख्‍नेछु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर सत्तरी वर्ष पूरा भएपछि म बेबिलोनको राजा र त्‍यसका जाति, अर्थात्‌ बेबिलोनीहरूको देशलाई उनीहरूका दोषको कारण सदाको निम्‍ति उजाड़ पार्ने गरी दण्‍ड दिनेछु,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“तर जब सत्तरी वर्ष पूरा हुन्छ, तब म बेबिलोनको राजा र त्यसको राज्य बेबिलोनीहरूको देशलाई तिनीहरूको अपराधको कारण दण्ड दिनेछु; अनि त्यस देशलाई सधैँका निम्ति उजाड पारिदिनेछु,” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
“तर सत्तरी वर्ष बिती सके पछि म बाबेलका राजालाई दण्ड दिनेछु। म बाबेलका जातिहरूलाई पनि दण्ड दिने छु। यो परमेश्वरको सन्देश हो “म बाबेलवासीहरूको भूमिलाई पनि उनीहरूको पापहरूको कारण दण्ड दिनेछु। म त्यो भूमि सदाको लागि बाँझो बनाई दिनेछु।