Jeremiah 25:18 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
ती ठाउँहरू उजाड र हेर्न नसकिने मरुभूमिजस्‍तो होऊन् र तिनीहरूका नाम लिएर मानिसहरूले सराप देऊन् भनी यरूशलेम र यहूदाका सम्‍पूर्ण सहरहरू, त्‍यहाँका राजा र अगुवाहरू सबैलाई मैले त्‍यस कचौराबाट पिउन लाएँ। आजसम्‍म पनि मानिसहरूले त्‍यसरी नै सराप दिने गरेका छन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
अर्थात्‌ आज देखिएझैँ तिनीहरूलाई विनाश र भय, तथा घृणा र सरापका पात्र बनाउनलाई मैले यरूशलेम र यहूदाका नगरहरूलाई र तिनका राजाहरू र अधिकारीहरूलाई त्‍यो पिउन लगाएँ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
सुरुमा मैले यरूशलेम र यहूदाका सहरहरू, त्यसका राजाहरू र अधिकारीहरूलाई त्रास र घृणा तथा सरापको पात्र बनाउनलाई कचौराबाट पिउन लगाएँ। तिनीहरू आज त्यस्तै अवस्थामा छन्;
Nepali ERV (पवित्र बाइबल)
मैले यो दाखरस यरूशलेम र यहूदाका शहरहरूमा खनाइदिएँ। मैले यहूदाका राजाहरू र अगुवाहरूलाई त्यो कचौराबाट दाखरस पिउँन लगाँए। तिनीहरू आज जस्तो देखन्छन, मरूभूमि झैं उजाड, डरलाग्दो चीज अनि खिल्ली र श्रापको पात्र बनाउन मैले तिनीहरूलाई पिलाएँ।