Jeremiah 25:19 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
[19-26] संसारका अरू राज्यहरू, ज-जसलाई त्यो कचौराबाट पिउनुपरेथ्यो, ती यी नै हुन्: मिश्रका राजा, भारदारहरू र अगुवाहरू, सबै मिश्रीहरू र त्यस देशमा बास गर्ने सारा विदेशीहरू, ऊज देशका सबै राजाहरू, पलिश्तीहरूका सहरहरू, अश्कलोन, गाजा, एक्रोनका र सबै राजाहरू अश्दोदका बाँचेकाहरू— एदोम, मोआब र अम्मोनका सबै मानिसहरू, टुरोस र सीदोनका सबै राजाहरू, भूमध्य सागर छेउ-छाउका देशहरूका सबै राजाहरू, ददान, तेमा र बूज सहरहरू, आफ्ना केश छोटो गरी काट्ने सबै मानिसहरू, अरब देशका सबै राजाहरू, मरुभूमिमा बास गर्ने जातिका सबै राजाहरू, जिम्री, एलाम र मादीका सबै राजाहरू, उत्तर दिशाका, नजिक-टाढा सबै ठाउँका एक-एक गरी सबै राजाहरू, पृथ्वीमा भएका सबै जातिहरूले त्यस कचौराबाट पिए, अन्तमा बेबिलोनका राजाले त्यो कचौरा पिउनेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्यसबाहेक मिश्रदेशका राजा फारो र त्यसका सबै कर्मचारीहरूलाई, त्यसका अधिकारीहरू र त्यसका सबै प्रजालाई,
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यसपछि इजिप्टका राजा फारो र त्यसका कर्मचारीहरू, त्यसका अधिकारीहरू र त्यसका सबै मानिसहरू;
Nepali ERV (पवित्र बाइबल)
मैले मिश्रका राजा फिरऊन, तिनका अधिकारीहरू, महत्वपूर्ण नायकहरू, उनका सबै मानिसहरू,