Jeremiah 25:29 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
मेरो ध्‍वस्‍त गर्ने काम मेरो आफ्‍नै सहरमा म सुरु गर्नेछु। हामीहरू दण्‍ड नपाई छोडिनेछौं भनी के तिनीहरू ठान्‍छन्? होइन, तिनीहरूले दण्‍ड पाउने नै छन् किनभने म पृथ्‍वीका सबै जातिमाथि लडाइँ पठाउनेछु। म सर्वशक्तिमान् परमप्रभु बोलेको छु।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हेर, जुन सहर मेरो नाउँमा कहलिएको छ त्‍यसमाथि म विपत्ति ल्‍याउन लागेको छु, र के तिमीहरूचाहिँ दण्‍ड नपाई बाँच्‍नेछौ र? तिमीहरू दण्‍ड नपाई छोडिनेछैनौ, किनभने म पृथ्‍वीका सबै बासिन्‍दाहरूका विरुद्धमा एउटा तरवार खटाउनेछु, सर्वशक्तिमान्‌ परमप्रभु भन्‍नुहुन्‍छ’।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हेर, म मेरो नाम बोकेको सहरमाथि विपत्ति ल्याउने काम सुरु गर्दैछु; अनि के तिमीहरू दण्डविना उम्कन सक्छौ? तिमीहरू दण्डविना उम्कनेछैनौ; किनकि म यस पृथ्वीमा भएका सबै मानिसहरूमाथि तरवार पठाउँदैछु, सेनाहरूका याहवेह घोषणा गर्नुहुन्छ।’
Nepali ERV (पवित्र बाइबल)
मैले यरूशलेममाथि जसलाई मेरो नाउँले कहलाइन्छ अनि सायद तिमीहरूले दण्ड पाउँदैनौ भनेर सोचिरहेका होलाऊ, विपत्ति ल्याउन थालिसकेकोछु। म पृथ्वीमा भएका सारा मानिसहरू प्रति आक्रमण गर्न तरवारलाई बोलाउनेछु।”‘ यो सेनाहरूका परमप्रभुबाट आएको सन्देश हो।