Jeremiah 25:30 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
“ए यर्मिया, मैले भनेका सबै कुरा तैँले सुनाउनुपर्नेछ। तैँले यी मानिसहरूलाई यसो भन्‍नुपर्नेछ, ‘परमप्रभु स्‍वर्गबाट गर्जनुहुनेछ, स्‍वर्गका उच्‍चस्‍थानबाट भयानक आवाज गर्नुहुनेछ, उहाँ आफ्‍नो प्रजाको विरुद्धमा गर्जनुहुनेछ, दाख कुल्‍चने मानिसझैँ उहाँ कराउनुहुनेछ। पृथ्‍वीका हरेक मानिसले उहाँको सोर सुन्‍नेछ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“अब तैंले चाहिँ उनीहरूका विरुद्धमा यी सबै कुराको अगमवाणी कहेर उनीहरूलाई भन्, ‘परमप्रभु माथिबाट गर्जनुहुनेछ, आफ्‍नो पवित्र वासस्‍थानबाट उहाँ गर्जनुहुनेछ, र आफ्‍नो देशको विरुद्धमा उहाँ जोडसित गर्जनुहुनेछ! पृथ्‍वीमा बस्‍नेहरू सबैका विरुद्धमा, दाखमद्य कुल्‍चनेहरूजस्‍तै उहाँ चिच्‍च्‍याउनुहुनेछ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
“अब तिनीहरू सबैको विरुद्धमा अगमवाणी गर्, र तिनीहरूलाई भन्: “ ‘याहवेह उचाइबाट गर्जनुहुनेछ; उहाँ आफ्नो पवित्र वासस्थानबाट मेघ गर्जनजस्तै गर्जनुहुनेछ, र आफ्नो देशको विरुद्धमा अति जोडसँग गर्जनुहुनेछ। उहाँ पृथ्वीमा बस्‍ने सबै मानिसहरूको विरुद्धमा, अङ्‌गुर पेल्ने मानिसहरूजस्तो जोडसित चिच्याउनुहुनेछ।
Nepali ERV (पवित्र बाइबल)
“यर्मिया! तिनीहरूलाई भन्छन् ‘परमप्रभु उँभोबाट गर्जनु हुन्छ। उहाँ आफ्नो पवित्र मन्दिरबाट गर्जनु हुन्छ। परमप्रभु उहाँको भूमिका मानिसहरूलाई जोरसित गर्जनु हुन्छ। उहाँ दाखरस बनाउनेले अङ्गुर किच्चाउँदा गरेको आवाज झैं चिच्चयाउनु हुन्छ। ती चिच्चयाहटहरू पृथ्वीका सबै बासिन्दाहरू सम्म पुग्छ।