Jeremiah 25:31 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यो सोरको गुञ्‍जन पृथ्‍वीको पल्‍लो छेउसम्‍मै सुनिनेछ। जाति-जातिका विरुद्धमा परमप्रभुको आरोप छ। सबै मानिसहरूका विरुद्धमा उहाँले न्‍याय गर्नुहुनेछ र दुष्‍टहरूलाई मार्नुहुनेछ। परमप्रभु बोल्‍नुभएको छ’।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
हल्‍लाको प्रतिध्‍वनि पृथ्‍वीको पल्‍लो कुनासम्‍मै सुनिनेछ, किनभने पृथ्‍वीका जातिहरूका विरुद्धमा परमप्रभुले अभियोग लगाउनुहुनेछ, र उहाँले सबै मानिसहरूको न्‍याय गर्नुहुनेछ र दुष्‍टहरूलाई चाहिँ उहाँले तरवारले काट्‌नुहुनेछ’,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
मानिसहरूको होहल्‍लाको खैलाबैला पृथ्वीको पल्‍लो छेउहरूसम्म गुञ्जिनेछ; किनकि याहवेहले राष्ट्रहरूको विरुद्धमा अभियोग लगाउनुहुनेछ; उहाँले सबै मानव-जातिमाथि न्याय ल्याउनुहुनेछ, र दुष्‍टहरूलाई तरवारले मार्नुहुनेछ,’ ” याहवेह घोषणा गर्नुहुन्छ।
Nepali ERV (पवित्र बाइबल)
त्यो हल्लाको प्रतिध्वनि पृथ्वीको आखिर सम्म पुग्छ। पृथ्वीका मानिसहरूका विरूद्धमा परमप्रभुको एउटा अभियोग छ। उहाँले मानिसहरूलाई न्याय र दुष्टहरूलाई तरवारले मार्नु हुनेछ।”‘ परमप्रभु भन्नुहुन्छ।