Jeremiah 25:33 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
त्‍यस दिन परमप्रभुले मार्नुभएकाहरूको लाश पृथ्‍वीको एक कुनादेखि अर्को कुनासम्‍म छरिएर रहनेछ। कसैले तिनीहरूका निम्‍ति विलाप गर्नेछैन, कसैले तिनीहरूका लाश जम्‍मा गरी गाड्‍नेछैन। ती लाशहरू मलको थुप्रोझैँ जमिनमा लडिरहनेछन्।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
त्‍यस दिन परमप्रभुले मार्नुभएकाहरू सबै ठाउँमा— पृथ्‍वीको एक कुनादेखि अर्को कुनासम्‍म हुनेछन्‌। उनीहरूका निम्‍ति कसैले विलाप गर्नेछैन, अथवा ती लाशहरूलाई कसैले जम्‍मा गर्नेछैन, न त गाड्‌नेछ। तिनीहरू जमिनमा मलजस्‍तै हुनेछन्‌।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
त्यस बेला याहवेहद्वारा मारिएकाहरूको मृत शरीर पृथ्वीको एक छेउबाट अर्को छेउसम्म चारैतिर हुनेछन्। तिनीहरूका निम्ति न त शोक गरिनेछ, न त तिनीहरू गाडिनेछन्, तर तिनीहरू भुइँमा छरिएको मलजस्तै हुनेछन्।
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले मार्नु भएको मानिसहरूको लाशहरू पृथ्वीको एक कुनादेखि अर्को कुनासम्म छरिएर रहनेछ। मर्नेहरूका निम्ति शोक मनाउने कोही हुँदैन। लाशहरू बटुलिदैन न त दफन नै गरिन्छ। ती लाशहरू खेतमा गोबर झैं छरपस्ट रहन्छन्।