Jeremiah 25:34 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
हे अगुवाहरू हो, मेरा बगालका गोठालाहरू हो, ठूलो सोरले रोओ। विलाप गर्दै धुलोमा लडीबडी गर। तिमीहरूको मारिने समय आइपुगेको छ र तिमीहरू साँढ-भेडाझैँ काटिनेछौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
विलाप गर, हे गोठाला हो, र रोओ। तिमी बथानका अगुवाहरू, धूलोमा लड़ीबड़ी गर। किनकि तिमीहरू काटेर मारिने समय आएको छ। तिमीहरू लोट्‌नेछौ, र भाँड़ाहरूजस्‍तै चूरचूर पारिनेछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
हे गोठालाहरू हो, रोओ, विलाप गर; हे बगालका अगुवाहरू हो, धुलोमा लडीबुडी गर। किनकि तिमीहरूको मारिने समय आएको छ; तिमीहरू असल भेडा ढलेझैँ ढल्नेछौ,
Nepali ERV (पवित्र बाइबल)
हे गोठालाहरू हेर, विलाप गर! हे बथानका नायकहरू हो, खरानीमा लडीबडी गर। किनभने तिमीहरूका हत्या हुने र चिच्चाउने अनि तितर-बितर हुने समय आएको छ। तिमीहरू झर्नेछौ र दामी जग झैं फुट्नेछौ।