Jeremiah 25:5 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तिमीहरूलाई आ-आफ्‍ना जीवनको खराब चाल र दुष्‍टकर्महरूबाट फर्क्‍यौ भने परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खालाई सदाकालको निम्‍ति दिनुभएको देशमा तिमीहरू बास गरिरहेनेछौ भनेका थिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तिनीहरूले भने, “तिमीहरू हरेक आफ्‍नो खराब चाल र खराब व्‍यवहारदेखि फर्क, र परमप्रभुले तिमीहरू र तिमीहरूका पिता-पुर्खाहरूलाई सदासर्वदाको लागि दिनुभएको देशमा बस्‍न पाउँछौ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
अगमवक्ताहरूले भने, “तिमीहरू हरेक आफ्ना दुष्‍ट मार्गहरू र तिमीहरूका खराब चालचलनहरूबाट फर्क; अनि याहवेहले तिमीहरू र तिमीहरूका पितापुर्खाहरूलाई दिनुभएको देशमा तिमीहरू सदाकालको निम्ति बस्‍न पाउनेछौ।
Nepali ERV (पवित्र बाइबल)
ती अगमवक्ताहरूले भने, “तिमीहरूले आफ्ना जीवन शैली परिर्वतन गर। कुकर्महरू गर्नदेखि आफूलाई पर राख। जीवन परिवर्तन गर र यस देशमा जुन परमप्रभुले तिमी र तिमीहरूका पिता-पुर्खाहरूलाई सदा-सर्वदाका निम्ति दिनु भएकोछ त्यहाँ बसो बासो गर।