Jeremiah 25:6 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तिनीहरूले तिमीहरूलाई विराना देवताहरू नपुज्‍नू र आफ्‍ना हातले बनाएका मूर्तिहरूलाई पूजा गरेर परमप्रभुलाई रिस नउठाउनू भनी भनेका थिए। तिमीहरूले परमप्रभुको वचन पालन गरेका भए उहाँले तिमीहरूलाई केही दण्‍ड दिनुहुनेथिएन।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
पराई देवताहरूका सेवा र पूजा गर्नलाई तिनीहरूका पछि नलाग। तिमीहरूका हातले बनाएका कामबाट मलाई रीस नउठाओ। तब म तिमीहरूको केही नोक्‍सानी गर्नेछैनँ।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तिमीहरू अन्य देवताहरूको सेवा गर्न र तिनीहरूलाई पुज्नलाई पछि नलाग; तिमीहरूका हातले बनाएका मूर्तिहरूको कारणले मेरो रिस नउठोस्। तब म तिमीहरूको हानि गर्नेछैनँ।”
Nepali ERV (पवित्र बाइबल)
अन्य देवताहरूको पछि नलाग। तिनीहरूका सेवा वा पूजा नगर। मानिस निर्मित मूर्तिहरू पूजा नगर। यसले मलाई रीस उठाउनेछ। यदि तिमीहरूले मानेनौ भने तब म तिमीहरूलाई नोक्सान गर्नेछु।”