Jeremiah 25:7 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर तिमीहरूले उहाँको कुरा सुन्‍न इन्‍कार गर्‍यौ भनी परमप्रभुले नै भन्‍नुहुन्‍छ। तर उल्‍टा आफ्‍ना हातले बनाएका मूर्तिहरूद्वारा तिमीहरूले उहाँको क्रोध जगायौ र आफूमाथि उहाँको दण्‍ड ल्‍यायौ।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
“तर तिमीहरूले मेरो कुरामा ध्‍यानै दिएनौ, तर तिमीहरूका आफ्‍नै हातको कामद्वारा मलाई रीस उठाएका छौ, र तिमीहरूले आफैमाथि नोक्‍सानी ल्‍याएका छौ,” परमप्रभु भन्‍नुहुन्‍छ।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
याहवेह घोषणा गर्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा सुनेनौ र तिमीहरूले आफ्ना हातले बनाएका मूर्तिहरूले मलाई रिस उठायौ; यसरी तिमीहरूले आफूमाथि नोक्सानी ल्यायौ।”
Nepali ERV (पवित्र बाइबल)
परमप्रभुले भन्नुहुन्छ, “तर तिमीहरूले मेरो कुरा मानेनौ। तिमीहरूका मूर्तिहरूले मलाई उत्तैजित पार्यौ अनि आफैमा नोक्सान ल्यायौ।”