Jeremiah 26:10 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
जब यहूदाका अगुवाहरूले यो कुरा सुने, तिनीहरू राजदरबारबाट मन्दिरमा आए र नयाँ मूल-ढोकानिर आसन लिए।
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
जब यहूदाका अधिकारीहरूले यी कुरा सुने, तब तिनीहरू राजाको महलदेखि परमप्रभुको घरमा आए, र परमप्रभुका घरको नयाँ मूल ढोकानेर स्थान लिए।
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
जब यहूदाका अधिकारीहरूले यो कुरा सुने, तब तिनीहरू राजमहलबाट याहवेहको भवनमा गए, र याहवेहको नयाँ मूलढोकाको प्रवेशद्वारमा आ-आफ्ना ठाउँमा बसे।
Nepali ERV (पवित्र बाइबल)
जब यहूदाका शासकहरूले ती अप्रिय घटनाहरूको बारेमा कुराहरू सुने तिनीहरू राजाको राजदरवारबाट बाहिर निस्के। तिनीहरू परमेश्वरको मन्दिर भएतिर उक्लिए। त्यहाँ, तिनीहरूले नयाँ प्रवेशद्वारमा आफ्ना ठाउँ लिए।