Jeremiah 26:11 — Compare Translations

4 translations compared side by side

Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तब पूजाहारी र अगमवक्ताहरूले ती अगुवाहरू र मानिसहरूलाई भने, “यस मानिसले प्राण दण्‍ड पाउनुपर्छ किनभने यसले हाम्रा सहरको विरुद्धमा बोलेको छ। त्‍यसका कुरा तपाईंहरूले आफ्‍नै कानले सुन्‍नुभएको छ।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
तब पूजाहारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई यसो भने, “यस मानिसलाई प्राणदण्‍ड दिनैपर्छ, किनभने यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले आफ्‍नै कानले सुन्‍नुभएको छ!”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तब पुजारीहरू र अगमवक्ताहरूले अधिकारीहरू र सबै मानिसहरूलाई भने, “यस मानिसलाई मृत्युदण्ड दिनुपर्छ; किनकि यसले यस सहरको विरुद्धमा अगमवाणी गरेको छ। तपाईंहरूले यो कुरा आफ्नै कानले सुन्‍नुभएको छ!”
Nepali ERV (पवित्र बाइबल)
त्यसपछि पूजाहारीहरू र अगमवक्ताहरूले शासकहरू र सारा अन्य मानिसहरूलाई यसो भने। तिनीहरूले भने, “यर्मिया मारिनु पर्छ। उनले यरूशलेमको बारेमा नराम्रो कुराहरू भने। तपाईंहरूले उनले त्यस्तो कुराहरू भनेको सुनेकाछौं।”