Jeremiah 26:15 — Compare Translations
4 translations compared side by side
Nepali 2008 - (सरल नेपाली पवित्र बाइबल)
तर यो कुराचाहिँ निश्चय जानिराख कि तिमीहरूले मलाई मार्यौ भने तिमीहरू र यस सहरका मानिसहरू एउटा निर्दोष मानिसको ज्यानमारा हुनेछौ किनभने परमप्रभुले नै तिमीहरूलाई यो चेतावनी दिन मलाई पठाउनुभएको हो।”
Nepali 2012 (NNRV) New Revised Version (नेपाली नयाँ संशोधित संस्करण)
केवल योचाहिँ थाहा होस्, कि तपाईंहरूले मेरो हत्या गर्नुभयो भनेदेखि तपाईंहरूले आफूमाथि, यस सहरमाथि र यसमा बस्नेहरूमाथि एक निर्दोष मानिसको रगत बगाएको दोष ल्याउनुहुनेछ, किनकि साँच्चै तपाईंहरूलाई यी सबै कुरा सुनाउनलाई परमप्रभुले नै मलाई पठाउनुभएको हो।”
Nepali Contemporary Version 2021 (पवित्र बाइबल, नेपाली समकालीन संस्करण)
तर यो कुरा जान्नुहोस्, कि तपाईंहरूले मलाई मार्नुभयो भने निश्चय तपाईंहरूले निर्दोष मानिसको रगतको दोष आफूमाथि, यस सहरमाथि र यस सहरमा बस्ने मानिसहरूमाथि पनि ल्याउनुहुनेछ; किनकि याहवेहले मलाई तपाईंहरूले सुन्ने गरी यी सबै वचनहरू तपाईंहरूलाई चेतावनी दिन पठाउनुभएको कुरा सत्य हो।”
Nepali ERV (पवित्र बाइबल)
तर यदि तिमीहरूले मलाई मार्यौ भने, एउटा कुराको लागि निश्चित हौ। कि तिमीहरू एक निर्दोष मानिसको हत्यारा हुनेछौ। तिमीहरूले यो शहर र यसमा बस्ने सबै मानिसहरूलाई दोषी बनाउँनेछौ। किनभने उहाँ परमप्रभु नै हुनुहुन्छ जसले मलाई ती वचनहरू तिमीहरूलाई भन्न पठाउनु भयो जो तिमीहरूले सुन्यौ।”